arrow

ललिता निवासको फैसला सुनाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
special-court.jpg

काठमाडौँ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा बिहीबार फैसला सुनाउने तयारी गरेको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार तयार भई नसकेको हुनाले बिहीबार सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । 

सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले बिहीबार सुनाउने तयारी भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ