arrow

आईसीसी लिग–२

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको श्रृंखलाका लागि अनिल र देव टिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
tu-cricket-ground-close.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाका लागि अनिल शाह र देव खनाललाई टिममा समावेश गरेको छ ।

क्यानडाविरुद्धको एक दिवसीय श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग–२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको हो ।

लिग–२ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् । 

लिग–२ को श्रृंखला खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् । 

बिहीबारदेखि कीर्तिपुर मैदानमा हुने लिग–२ को त्रिकोणीय श्रृंखलामा नेपालले पहिलो खेल विहीबार नै नामिबियासँग खेल्नेछ । त्यसपछि शनिबार नेदरल्यान्ड्सको सामना गर्नेछ । 

यस श्रृंखलाका सबै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः१५ बजेदेखि शुरु हुने तालिका रहेको छ ।

आईसीसीको वरीयतामा नेदरल्यान्ड्स १४ औँ, नेपाल १५ औँ र नामिबिया १६ औँ वरीयतामा छन् ।

खेल तालिका–
फागुन ३ गते बिहीबार– नेपालविरुद्ध नामिबिया
फागुन ५ गते शनिबार– नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार–नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार–नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार– नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार– नेपालविरुद्ध नेदरल्यान्ड्स



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ