arrow

ओलीले एमालेमै फर्काए प्रतापलाल र शङ्करनारायणलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
kp-oli-2080-07-17.jpg

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शङ्करनारायण श्रेष्ठलाई आज नेकपा एमालेमा प्रवेश गराएका छन् ।

अध्यक्ष ओलीले फेरि आफ्नै घर फर्किएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै उनीहरूलाई धन्यवाद पनि दिए । 

“तपाईँहरू त्यहाँ बसिरहेको भए आफ्नो र पार्टीमा खासै प्रगति हुँदैनथ्यो तर देशका लागि अहित पनि हुँदै जान्थ्यो”, ओलीले भने । 

पुरानो पार्टीमा फर्केका नेता द्वयले आत्मालोचना गर्दै अब नेकपा एमालेको सङ्गठन विस्तारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ