arrow

नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्री र उनकी पत्नीको इच्छा मृत्युवरण

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
drice-formerpm-netherlands.jpg

काठमाडौँ । नेदरल्याण्ड्सका पूर्व प्रधानमन्त्री ड्राइस वेन एगत र उनकी पत्नी युजिनले इच्छा मृत्युवरण गरेका छन् । दुवैको उमेर ९३ वर्ष रहेको र लामो समयदेखि बिमार रहेका कारण दुवैले इच्छा मृत्यु रोजेका हुन् । 

सोमबार कानूनी प्रक्रिया पूरा गरी उनीहरुले इच्छा मृत्यु (एक्टिभ युथेनेसिया) मार्फत प्राण त्यागेका हुन् । 

चिकित्सकको मद्धतबाट दुवैले अन्तिम स्वास लिएका थिए । अन्तिम समयसम्म दुवैले एक अर्काको हात समातिरहेका थिए । 

नेदरल्याण्ड्समा सन् २००० मै युथेनेसियालाई कानूनी मान्यता दिइएको थियो । जो त्यस्तो रोगबाट पीडित होस् जसको उपचार नै सम्भव छैन भने त्यस्ताले इच्छा मृत्युको माग गर्न पाउँछन् । 

एग्तले आफ्नी पत्नीलाई निकै चाहन्थे । केही वर्षअघि युजीनले भनेकी थिइन् – उनी आज पनि मलाई माइ गर्ल भनेर सम्बोधन गर्छन् । उनीहरु ६८ वर्ष एकसाथ रहे । दुवैले मृत्युको दिन आफैँले तय गरेका थिए । 

एग्त सन् १९७७ देखि १९८२ सम्म प्रधानमन्त्री रहे । उनलाई सन् २०१९ मा ब्रेन हेमरेज भएको थियो । उनीहरुका तीन सन्तान छन् । 

 के छ नेदरल्याण्ड्समा इच्छा मृत्युको कानून ? 

नेदरल्याण्ड्समा सन् २००० मै युथेनेसियालाई कानूनी मान्यता दिइएको थियो । जो त्यस्तो रोगबाट पीडित होस् जसको उपचार नै सम्भव छैन भने त्यस्ताले इच्छा मृत्युको माग गर्न पाउँछन् । 

नेदरल्याण्ड्समा सामान्यतया इच्छा मृत्युको मन्जुरी पाएपछि उक्त इच्छा मृत्युको प्रक्रिया चिकित्सकले सम्बन्धित व्यक्तिकै घरमा गर्दछन् । 

सो क्रममा इच्छा मृत्यु चाहने बिरामीको एक खास प्रकारको इन्जेक्सन दिइन्छ । केही मिनेटमै उक्त बिरामीको स्वासप्रश्वास बन्द हुन थाल्दछ । 

मृत्युपछि पनि यो घटनाको परीक्षण हुन्छ । यदि चिकित्सकले कुनै लापरबाही गरेका रहेछन् भने उनलाई १२ वर्षसम्म कैद सजाय हुन सक्छ । 

यही कानूनको प्रयोग गरेर नेदरल्याण्ड्समा सन् २०२२ मा ८ हजार ५०१ जनाले इच्छा मृत्युवरण गरेका थिए । 

बालबालिकाले पनि इच्छा मृत्यु रोज्न पाउँछन् । तर वर्षमा ५ देखि १० बालबालिकालेमात्र इच्छा मृत्युको अधिकार मिल्न सक्छ । 

यो नियममा इच्छा मृत्युको अधिकार केवल १२ वर्ष वा त्यो भन्दा बढी उमेरका बच्चाबच्चीलाई मिल्न सक्छ । 

त्यसका लागि अभिभावकको पनि लिखित मन्जुरी चाहिन्छ । १६ वर्ष भन्दा माथिकालाई अभिभावकको मन्जुरी चाहिँदैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ