arrow

मधेसवादमाथि सङ्कटको बादल लाग्यो- महतो [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १ मंगलबार
rajendra-mahato-new-aa.jpeg

जनकपुर ।  लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेसवादमाथि सङ्कटको बादल लागेको बताएका छन् । 

मंगलबार जनकपुरधाममा आफू निकट नेता, कार्यकर्ताहरूसँग छलफल कार्यक्रम गर्दै वरिष्ठ नेता महतोले मधेसवादमाथि सङ्कटको बादल लागेको बताएका हुन् । 

उनले मधेसवादमाथि सङ्कट लागेको अवस्थामा जागरण अभियानको आवश्यकता रहेको बताए । उनले मधेसले पाएको अधिकार खोस्ने तयारी भइरहेको भन्दै त्यसको प्रतिकारका लागि उत्पीडनमा परेका सबै जागरण अभियानमा लाग्नुपर्ने बताए ।

 उनले जागरण अभियान नचलाएमा आगामी निर्वाचनमा मधेसवादको नाममा कसैले नपत्याउने बताए । उनले आगामी निर्वाचनमा मधेसवादी दलहरूले जित्ने सम्भावना नरहेको भन्दै अहिलेदेखि नै जनतालाई जागृत गराउनुपर्ने बताए । वरिष्ठ नेता महतोले मधेसवादको रक्षाका लागि नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताए ।

उनले मधेस प्रदेश सरकार काँग्रेस र कम्युनिस्टहरूले जस्तै गरी चलाउँदा मधेस केन्द्रित दलहरूप्रति वितृष्णा जागृत भएको बताए । उनले मधेस सरकार भ्रष्टाचारमा लिप्त भएको कारण पनि जनतामा निराशा छाएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ