arrow

मंगलबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयबाट स्पष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृह मन्त्रालयले मंगलबार फागुन १ गते सार्वजनिक बिदा नभएको बताएको छ । सोमबार सूचना जारी गर्दै मन्त्रालयले मंगलबार सार्वजनिक बिदा नभएको जनाएको हो । 

सर्वोच्च अदालतले गत वर्ष सरकारले जनयुद्ध दिवसका नाममा दिएको सार्वजनिक बिदा गलत रहेको भन्दै बिदा बदर भएको निर्णय गरेको थियो । 

मन्त्रालयको सूचनामा पनि अदालतको फैसलाका आधारमा मन्त्रिपरिषदको गत माघ २५ गतेको निर्णयअनुसार सार्वजनिक बिदा कायम नरहेको उल्लेख छ । 

गत वर्ष भने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग सरकारको गठबन्धन गर्दै फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएका थिए । 

यसपटक भने उक्त निर्णयमाथि परेको रिटमा फैसला गर्दै पुस १३ गते सर्वोच्चले सरकारको निर्णय बदर गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ