arrow

जबरजस्ती करणी मुद्दामा विशाल विकलाई १८ वर्ष कैद फैसला

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
Tanahun adalat photo.jpg
फाइल तस्बिर

तनहुँ । तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा एक अभियुक्तलाई १८ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको आइतबारको इजलासले प्रतिवादी म्याग्दे गाउँपालिका-७ का विशाल विकलाई १८ वर्ष कैद फैसला सुनाएको हो ।

साथै निजविरुद्ध रु एक लाख जरिबानाको फैसला भएको अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।

परिवर्तित नाम २०७८/७९ चबहादुरले निजविरुद्ध जाहेरी दिएका थिए । प्रहरीले प्रतिवादीविरुद्ध विसं २०७८ असोज १२ गते अदालतमा जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

उक्त मुद्दामा अदालतमा १२ पटक पेसी तोकिएको थियो । यही माघ २१ गते न्यायाधीश विष्टकै इजलासले उक्त मुद्दामा आदेश सुनाउँदै सजाय निर्धारणका लागि पेस गर्न भनेको थियो ।

सोहीबमोजिम आइतबार निजविरुद्ध कैद फैसला भएको अदालतले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ