arrow

दुर्गा प्रसाईँका राजनीतिक गतिविधिमा राप्रपा नेपालको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २८ आइतबार
durga-prasai-home-2080-08-0.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईँका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रूपमा लिएको टिप्पणी गरेका छन् । 

हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले व्यवसायी प्रसाईँका पछिल्लो गतिविधिलाई आफूहरूले सकारात्मक रूपमा लिएको उनको भनाई थियो । 

अध्यक्ष थापाले आफ्नो पार्टीले संविधान र संसद्को मातहतमा रहने राजसंस्थाको परिकल्पना गरेको पनि स्पष्ट पारे । उनले गणतन्त्रवादीहरूलाई पनि चित्त बुझ्ने खालको राजतन्त्र मुलुकमा हुनुपर्छ भन्ने मान्यतामा आफूहरू रहेको जिकिर गरे। अ

अध्यक्ष थापाले राजसंस्था मुलुकमा कार्यकारी हुनुपर्छ भन्ने पक्षमा आफूहरू नरहेको बताए ।

उनले भने, ‘हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाउनु भएको छ । त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौं । बिलकुल सेरेमोनियल । संविधान र संसद्को नियन्त्रणमा रहने राजसंस्थाको हामीले परिकल्पना गरेका हौँ । हामीले परिकल्पना गरेको प्रजातान्त्रिक व्यवस्थामा राजादेखि माओवादी सबै अटाउन सक्छ । हामीले केवल राजसंस्था फर्काउने मात्रै कुरा गरेका छैनौँ । अहिले देशमा धेरै ठुलो सङ्ख्यामा गणतन्त्र चाहनेहरू पनि छन् । गणतन्त्रवादीहरूलाई पनि चित्त बुझ्ने, परिवर्तनकारीहरूलाई पनि चित्त बुझ्ने सहमति र सम्झौताको राजसंस्थाको कुरा हामीले गरिरहेका छौं । राजादेखि माओवादी सबै अटाउने मौलिक प्रजातन्त्रको कुरा हामीले गरेको हुनाले यो निरङ्कुश वा कार्यकारी हुने भन्ने त प्रश्नै आउँदैन ।’

अध्यक्ष थापाले आफूहरूले राजादेखि माओवादीसम्म सबै अटाउने मौलिक खालको प्रजातान्त्रिक व्यवस्था कुरा गरेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ