arrow

नेपाल र क्यानडा भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
nepal-canada-2024-02-10.jpg

काठमाडौँ । नेपालले क्यानडा विरूद्धको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखला अन्तर्गत आज दोस्रो खेल खेल्दै छ । उक्त खेल बिहान ९ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुने छ ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल उक्त खेलमा सात रनले विजयी भएको थियो ।

सो खेलमा नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । दुई सय २५ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो । उक्त खेलमा कप्तान रोहितकुमार पौडेलले चार विकेट लिएका थिए । 

नेपाल आजको खेल जितेर क्यानडाविरुद्धको तीन खेलको श्रृंखला आफ्नो कब्जामा पार्न चाहन्छ । अघिल्लो खेलमा नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने फितलो रहेको थियो । 

सो खेलमा कुशल भूर्तेलले ६८ तथा आरिफ शेखले ३८ रन बनाएका थिए । नेपालले क्यानडासँग पहिलो पटक एक दिवसीय श्रृंखला खेलेको हो । 

नेपाली टोलीमा रोहितकुमार पौडेल, आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललितनारायण राजवंशी, आकाश चन्द र अनिल शाह रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ