arrow

सङ्घर्ष

logo
कविता गौतम,
प्रकाशित २०८० माघ २७ शनिबार
kabita-gautam-2080-10-27.jpg

म सङ्घर्ष गरिरहेछु 
लड्दा लड्दै पनि
उठ्ने सामर्थ्य जुटाइरहेछु
हारमा पनि 
जितको किरण खोजिरहेछु
निराशा भित्र पनि 
एउटा आशाको दियो बालिरहेछु
मैले नगरे कसले गर्ला र यहाँ भनी
आफैँलाई सङ्घर्षको मैदानमा उतारिरहेछु
मेरो हरेक प्रयासमा साथ परिवारको मिलेकै छ 
गन्तव्य पुग्न चाहिने उर्जा र हिम्मत त्यसैमा भेटिरहेछु
केही बन्नु छ म पनि 
केही गर्नु छ परिवारको लागि 
त्यसैले थाकेर पनि 
नथाके झैँ गरी पाइलाहरु चालिरहेछु 
आफ्नो लागि र आफ्नो परिवारको लागि 
म अघि बढिरहेछु 
अनवरत रूपमा खटिरहेछु ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ