arrow

एक्काइस एसपीको सरुवा रोकेर गृहमन्त्रीले गरे १६ एसएसपीको सरुवा [सूचीसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
home-ministry-nepal.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । शुक्रबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै सरुवा गरेका हुन् । 

२१ एसपीको सरुवा रोकेर राखेका गृहमन्त्रीले पहिला एसएसपीको सरुवा गरेका छन् । अहिले २१ जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपीहरुको सरुवा गर्ने समय भैसकेको भए पनि उनीहरुलाई रोकेर एसएसपीहरुको सरुवा भएको छ । 

एसएसपीहरु अरुण पौडेल, ईश्वर कार्की, ओमबहादुर राना, कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेलको सरुवा भएको छ ।  

यसैगरी गणेश चन्द, शेखर खनाल, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, गोपालचन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, दीप शम्शेर जबरा, प्रवीण पोखरेल, मुकुन्द मरासिनी, रमेशकुमार बस्नेत र राजेन्द्रकुमार भट्टको पनि सरुवा भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ