arrow

कोही छैन, के बोल्नु

देउवाले भाषण गर्ने बेलामा सुन्ने मान्छे नभएपछि [भिडियो]

लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने, सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २६ शुक्रबार
deuba-ktm-congress-10-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटनमा भाषण गर्ने बेलामा सन्ने मान्छे नभएपछि उनले यस्तो बताएका हुन् । 

उनले लामो भाषण गर्नेहरूप्रति इङ्गित गर्दै भाषण सुन्ने मानिसहरू खालि भए पनि नेताहरू भाषण गरिरहेको देखिएको बताए । उनले उद्घोषकले मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । 

उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यङ्ग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए । उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे ।

उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबै कुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईँको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ । एउटा कुरा सबैलाई चित्त दुखेछ सरोज बाँगेलाई टिकट दिएन भनेर क्या । यहाँ राष्ट्रिय सभामा । अब टिकट पायो भने जिताउनु होला नि फेरि है । अब उनले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है । अब उनले टिकट पायो भने हराए भने । हराए भने नि ? राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न । अब जिताउन लाग्नुस् न । जिताउन सकिँदैन भनेर राष्ट्रिय सभा भनेको जस्तो छ है विचार गर्नुस् । जिताएर छोड्नुस् ।’

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा धेरै महत्त्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ