arrow

एमाले संसदीय दलको बैठक

सत्तारुढ गठबन्धनको राजनीति सत्तादेखि सत्तासम्म मात्रै : ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २० शनिबार
oli-parliament.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले सत्तामा टिकिरहने काम मात्रै गरिरहेको बताएका छन् । 

अध्यक्ष ओलीले सत्तामा पुग्ने र सत्तामा अडिरहने बाहेक सत्तारुढ गठबन्धनले देश र जनताको पक्षमा केही पनि काम नगरेको ओलीको आरोप थियो । 

शनिबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धनले सत्तामा अडिनेबाहेक अरू कुनै राजनीति नगरेको जिकिर गरे । देशका निम्ति केही गर्ने भन्दा पनि सत्तारुढ गठबन्धनले सत्तादेखि सत्तासम्मको राजनीतिक चलखेल गरिरहेको ओलीले बताए । उनले सरकारले दिगो विकास लक्ष्य विपरीत रेमिटयान्सको भर परेर देश चलाउने सोच लिइरहेको समेत बताए । ओलीले सरकारले जाजरकोटलगायतका क्षेत्रमा भूकम्प पीडितको पक्षमा अझै पनि आवास निर्माणको काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘देशको अवस्था नाजुक छ । जनताको अवस्था नाजुक छ । युवा विदेश पलायन भइराखेका छन् । उनीहरूलाई रोक्ने होइन, त्यो रेमिटयान्सबाट सरकार आनन्द मानिरहेको छ । रेमिटयान्सबाट सरकार चलाउन पाइएको छ भनेर सरकार खुशी भएको हो । तर रेमिट्यान्सबाट देश चलाउने जस्तो घातक कुरा अरू केही हुन सक्दैन । कथमकदाचित कुनै हिसाबले यदि कुनै दिन रेमिटयान्स बन्द भयो भने रेमिटयान्स नआउने कोभिड जस्तै केही चिज भइदियो भने रिजनल अशान्ति केही सानोतिनो भइदियो भने यो सबै कुरा समाप्त हुन्छ । अस्तव्यस्त हुन्छ । त्यसो भएर त्यो अवस्थामा हामी के गर्छौँ ? दिगो विकास लक्ष्य भेटन भनेर हामी हिँडिरहेका छौं । रेमिटयान्स अर्थतन्त्र भनेको दिगो विकास हुन्छ ? दिगो विकास लक्ष्यको विपरीत कुरा होइन यो ? यो दिगो विकास लक्ष्य विपरीतका कामहरू भएका छन् । हिँड्नुपर्ने बाटो एकातिर छ । हिँड्न नहुने बाटो हिँडिएको छ । जानुपर्ने राजनीति एकातिर छ । सरकार बन्ने, बनाउने, टिकाउने त्यो भन्दा परतिर राजनीति नै भएन । देशको लागि केही गर्नुपर्छ भन्ने राजनीति नै भएन । यो गठबन्धनको राजनीति भनेको सत्तादेखि सत्तासम्म । सत्तामा पुग्ने र सत्तामा अडिने । त्यत्ति हो यसको राजनीति । यस्तो अवस्थामा हामी छौं । विविध पक्षहरू, जनताको पीरमर्काका पक्षहरू, जाजरकोटमा उस बेला भईचालो गयो । सिङ्गै हिउँद प्लास्टिक मुनि मानिसहरू बसिरहेका छन् । हाम्रो भोलेन्टियर्सले १२-१५ सय घर बनाएर त्यत्ति नै हो । अरू केही भएको छैन । कस्तो सरकार होला । केही महिनामा नै यी कामहरू गर्न सकिन्छ । अनि, २-४ वर्ष विधि, प्रक्रिया निर्माण नै लाग्ने हो भने अनि मान्छे त मरिसक्छन् त त्यहाँ । ’

अध्यक्ष ओलीले सरकारले जनताको पिर मर्कामा साथ दिने काम नगरेको दोहोर्‍याए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ