arrow

ओलीले भेटे प्रचण्डलाई,  टीआरसी विधेयक सहमतिबाट पास गर्न जोड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १९ शुक्रबार
oli-prachanda-bhetghat.jpg
तस्बिर फाइल

काठमाडौँ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेट गरेका छन् । 

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

अध्यक्ष ओली प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्ग्याउने सन्दर्भमा छलफल गरेका थिए । 

प्रचण्डसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्ने बताए । 

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै टुङ्ग्याऔँ भन्ने छलफल भएको हो । टिआरसीको बारेमा एमालेको अडान यथावत् छ । राम्रो बनाएर सहमतिले पास गरे हुन्छ ।’

अध्यक्ष ओलीले टीआरसीसँग सम्बन्धित विधेयकमा पीडित मैत्री विधेयक बन्नुपर्ने अडान एमालेको यथावत् रहेको पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ