arrow

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन - प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
melamchi-water-prachanda-2080 (14).jpg

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन् । शनिवार एक कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन् । 

प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकी रहेको र उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए । उनले समान विचार भएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन पनि आह्वान गरे ।

उनले भने, ‘ जनताले जन्माउने हो नेतृत्व भनेको । तर नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिने जाहीँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन । इतिहासले पनि रातारात नाटकीय ढङ्गले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको सङ्घर्षको, बहसको, वैचारिक सङ्घर्षको र वर्ग सङ्घर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो । त्यस कारण मलाई के लाग्छ भने यो कालखण्डमा जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग सङ्घर्षबाट भयो । त्यो एउटा निश्चित विचार र नेतृत्व अन्तर्गत भयो । मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकी छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् । उनीहरूले सबैलाई लगि हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्वारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौं । म शहीद प्रतिसहित सबै क्रान्तिकारी पक्षलाई म अपिल गर्न चाहन्छु–अब समय आयो । अब एकताबद्ध भएर गएनौ भने ठुलो दुर्घटना पनि हुनसक्छ । तपाई मूल नेतृत्वप्रति र आफ्नो कर्तव्यप्रति उदासीन भएको म पाउँछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ