arrow

केपी ओली र चिनियाँ उपमन्त्री हायानबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १३ शनिबार
kp-oli-chinese-minister.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छिन् । 

ललितलपुर, च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्धलाई राम्रो बनाउनुपर्दछ भन्ने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा राजन भट्टराईले जानकारी दिए । 

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । 

उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए ।  

उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ