arrow

ईसेवा स्थापनाको १५ वर्ष : यस्ता छन् १५ दिनका १५ अफर

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ११ बिहिबार
esewa-15yrs-2080-10-11.jpg

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा शुरु गरेको ईसेवा १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको अवसरमा सबै सरोकारवाला र शुभचिन्तकप्रति आभार व्यक्त गरेको हो । 

नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्दै लाइनबाट अनलाइन भुक्तानी गर्ने प्रणालीको विकास गर्न ईसेवाले महत्वपूर्ण योगदान पुर्याउन सफल भएको छ ।

१५ औँ वार्षिक उत्सवको अवसरमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, 'हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आम ईसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पाटनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी, प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । हामीले आगामी दिनमा ईसेवाको मोबाइल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ । मलाई आशा छ डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ ।'

१५ वर्षको अवधिमा ईसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको कम्पनीले जनाएको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले ईसेवामार्फत सेवा लिइरहेको पनि जनाएको छ । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा ईसेवा एजेन्टहरू रहेका छन् ।

ईसेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको छ । आजको दिनमा ईसेवा प्रायः प्रत्येक गाउँपालिकाका हरेक वडामा पुग्न सफल भइसकेको जनाएको छ । 

यस्ता छन् १५ औँ वार्षिक उत्सवका १५ अफर

यसैबीच ईसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । 

अफर अन्तर्गत ईसेवा मार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आईफोन १५ जित्न सक्ने छन् । यसैगरी एयरलाइन्स् टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । 

यस्तै ईसेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउने छन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । 

यस्तै मोबाईल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रू १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रू ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । ईसेवाले यीलगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ । 

ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ