arrow

प्रधानमन्त्रीको दाबी- संक्रमणकालीन न्याय सहमतिबाटै टुङ्ग्याउँछौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
prachanda-2080-05-08.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरूको सहमतिबाटै टुङ्ग्याउने बताएका छन् । आइतबार बिहान तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरूसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रक्रियाले अब गति लिने दाबी गरे ।

उनले भने, ‘टीआरसीबारे सबै छलफल र तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्ग्याएर त्यो समितिमा गएको छ । अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुङ्ग्याइन्छ । टुङ्ग्याउने कुरा सहमतिबाट टुङ्ग्याउन मेरो पूरै कोसिस छ । राजनीतिक दलका नेताहरूसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुङ्गिन्छ । शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने प्रक्रियाले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले एक वर्षे उपलब्धि सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ