arrow

'ताइवान चीनको हो' भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति डगमगाउँदैन : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
prachanda-cop-28-firti.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक चीन नीति मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताएका छन् । 

आइतबार बिहान तीन दिने युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री दाहालले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् । 

उनले ताइवानको बारेमा नेपालको शुरुदेखिकै नीति चीनकै अङ्ग हो भन्ने रहेको बताए । उनले ताइवान चीनको हो भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडगमगाउने दाबी गरे ।

उनले भने, ‘ताइवानको कुरा पनि जोडेर राख्नुभयो । ताइवानको विषयमा नेपालको शुरुदेखिको नीति के हो भने एक चीन नीति भन्दा ताइवान पनि चीनकै अङ्ग हो भन्ने नीति नेपालको शुरुदेखि नै रही आएको छ । त्यो भन्दा बाहिर हामीले बनाएका छैनौँ । एक चीन नीति मानिसकेपछि हामी ताइवान अलग हुनपर्छ भन्ने नीतिको पक्षमा छैनौँ ।’

प्रधानमन्त्री दाहालले ताइवान चीनबाट अलग हुनुपर्छ भन्ने नेपालको नीति नरहेको स्पष्ट पारे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ