arrow

युगान्डा भ्रमण सकेर प्रचण्ड फर्किए स्वदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
prachanda-uganda.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किएका हुन् । युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा भाग लिई आईतबार बिहान स्वदेश फर्किएका हुन् । 

उनी माघ ४ गते राति युगान्डा प्रस्थान गरेका थिए । सम्मेलनमा प्रचण्डले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए । 

साथै उनले इजरेल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने बताएका थिए । उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ