arrow

माया

logo
कविता गौतम,
प्रकाशित २०८० माघ ६ शनिबार
kabita-gautam-06.jpg

तिमी आज भन्दैछौ अब सहन गाह्रो भैसक्यो
थोरै माया गर्ने बानी परेको तिमीलाई 
मेरो माया धेरै भयो जस्तो छ 
तिमीले मलाई र मैले तिमीलाई गर्ने 
मायाको अर्थ बेग्लै भयो जस्तो छ ।

आज तिमी भन्दैछौ 
‘तिमी र म उस्तै छैनौँ’
तर तिमीलाई त 
तिमीले भन्दा बढी मैले बुझेको थिएँ
उदाइरहेको सूर्यको किरणमा हराउने म 
तिम्रो साथमा 
सन्ध्याकालीन किरणमा रमाउन थालेको थिएँ ।

मायामा मान्छे अन्धो हुन्छ भन्थे
सायद हो पनि
दायाँ बायाँ अघिपछि 
कतै नहेरी 
तिम्रो हात समाउन थालेको थिएँ 
तिमी आज भन्दैछौ
‘हाम्रो कुनै भविष्य छैन 
तर मैले त तिमीसँगै 
हाम्रो संसार सजाउन थालेको थिएँ ।

सजिलो त छैन तिमीलाई 
अनि तिमीले अलिअलि गरेको माया भुल्न 
तर मैले अब भुल्नै पर्छ 
धेरै फुलेँ तिम्रो बहानाको बगैँचामा 
अब म आफ्नै चाहनाको बगैँचामा फुल्नै पर्छ 
तिमीले मलाई र मैले तिमीलाई  
गर्ने मायाको अर्थ बेग्लै भयो जस्तो छ 
थोरै माया गर्ने बानी परेको तिमीलाई 
मेरो माया धेरै भयो जस्तो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ