arrow

ईसेवा र फोनपोइन्टसबीच साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ५ शुक्रबार
esewa-phone-points.jpg

काठमाडौँ । फोनपोइन्टस् र ईसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवा र फोनपोइन्टस् प्रालीबीच साझेदारी भएको छ । 

बुधबार एक कार्यक्रमका बीचमा ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का  र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलका बीचमा सम्झौता भएको हो । 

सम्झौता अनुसार ईसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टसले गर्नेछ । फोन पोइन्टसले ईसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्ने ईसेवाले जनाएको छ । 

साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले उत्साह व्यक्त गर्दै भने,  ‘हामी फोनपोइन्टससँग साझेदारी शुरू गर्न पाउँदा खुशी छौँ र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौँ । हामी फोनपोइन्टसले ईसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौँ ।'

फोनपोइन्टस्  र ईसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ । 

दुवै कम्पनीले इनोभेशनलाई  बढवा दिन तथा ग्राहकको सन्टुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुने विश्वास गरेका छन् । 

सन् २००९ मा स्थापना भएको ईसेवा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त अग्रणी भुक्तानी सेवा प्रदायक संस्था हो । 

नेपालभरी ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा तथा  २ लाख ३० हजार बढी ईसेवा एजेन्टमार्फत थप लाखौँ बढीलाई अप्रत्यक्ष रूपमा डिजिटल सेवा प्रदान गर्दै आएको ईसेवामा ४ लाख बढी मर्चेन्टको साथमा २५ सय भन्दा बढी सेवाहरू प्रदान गर्दै आएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ