arrow

ओलीको बोली

ओली भन्छन्- भ्रष्टाचारी एकै नश्लका हुन्, घाँटी मात्रै होइन सिंगो शरीर जोडिएको छ [भिडियो]

गठबन्धन भत्काएर भए पनि निकम्मा सरकार फालिन्छ, ०८४ कुरिँदैन

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
kp-sharma-oli-2080-06-08.jpg

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  भ्रष्टाचारी एकै नश्लका भएको बताएका छन् । बिहीबार एक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सत्ता गठबन्धन नेताहरू घाँटी मात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको बताए ।

उनले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन् । उनले अहिले देश बरबाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने बताए । उनले बरबादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भए पनि सरकार सञ्चालन गर्ने आशय व्यक्त गरे । 

अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरूको संरक्षणमा लागेको आरोप लगाए । उनले अहिलेको सत्ता गठबन्धनका नेताहरू भ्रष्टाचारी कमिसनतन्त्रीय वंश, निकम्मा गोत्र र देशद्रोही जातका भएको बताए । 

उनले भने, ‘हामी मिसन ०८४ मा छौँ । मिसन ०८४ मा हामीले हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बढाउने भनेका छौँ । खेलकुद क्षेत्रमा पनि हामीले ५१ प्रतिशत भन्दा बढी खेलाडी हाम्रो पक्षमै पार्नेछौँ । हाम्रो पक्षमा उत्पादन गरेको हुनुपर्छ । हाम्रो पक्षमा बढाएको हुनुपर्छ । हामी खेल मात्रै खेल्दैनौँ । अरू पोल्टिकल काम अरू सङ्गठनमा पनि आबद्ध छौँ । हामी वर्ग सङ्घर्षमा छाँै । हामीले गर्व गर्नुपर्छ यो कुरालाई की हाम्रा विरोधीहरू एक्लै हामीसँग कोही पनि लड्ने भिड्ने आँट नै गर्दैनन् । हामी मात्रै हो एक्लै लड्छौँ भन्ने । हामी लड्यौँ । तर साना साना अङ्क जोडेर सबै मिलेर सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याचा जस्तो छ । केही गर्ने होइन त्यसले । त्यसको टाउकोमा काग पनि बस्छ, सुँगा पनि बस्छ । सबै बस्छ । किनभने चिनिसके यो बुख्याचा हो भनेर । यो खासै केही होइन, कहीँ गर्न सक्दैनन् भन्ने चिनिसके । त्यस्तो बुख्याचा, निकम्मा सरकार छ । निकम्मा मात्रै भइदिएको भए हुन्थ्यो, भ्रष्टाचार र भ्रष्टाचारको संरक्षण, तस्करी, त्यसको संरक्षण, कमिसन खोरी त्यसको संरक्षण, आयोजक र संरक्षण । यस स्थितिमा हामीले मिसन ०८४ पर्खिन नसक्ने पनि अवस्था आउन सक्छ । देश बरबाद भयो भने मिसन ०८४, ८४ को चुनाव भनेर पर्खिएर हुँदैन । उस्तै प¥यो भने हामीले यो गठबन्धन भत्काएर । यतापट्टि यो लोभ पापी नभत्किन सक्छन् । एक पटक एक जनाले भनेका थिए, फलानासँग मेरो गर्धन र घाँटी जोडिएको छ । यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरूको घाँटी मात्रै होइन सिंगो शरीर जोडिएको छ । यी एकै वंशका, एकै नश्लका हुन् । यी भ्रष्टाचारी, कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो । यिनको जात देशद्रोही हो । एकै खालका हुन् । त्यस कारण एकै ठाउँमा बस्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ