arrow

जिम्मेवारी निर्वाह गरेमात्रै प्रहरीको मूल्य मान्यताले सार्थकता पाउँछ : डीआईजी खनाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
dig-khanal-gandaki.jpg
तस्बिर : गण्डकी प्रदेश प्रहरी कार्यालय

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकाशराज खनालले सबै प्रहरी कर्मचारीले जिम्मेवारीलाई निष्ठापूर्वक ढङ्गले निर्वाह गरेमात्रै प्रहरी संगठनले अंगिकार गरेको मूल्य मान्यताहरुले सार्थकता पाउने बताएका छन् ।

प्रहरी कार्यालयमा रहेका विभिन्न शाखा, उपशाखाको निरीक्षण पश्चात् शाखामा कार्यरत प्रहरी कर्मचारीलाई व्यावसायिक प्रहरी सेवा प्रवाह लगायत अन्य विविध विषयमा निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

डीआईजी खनालले जस्तोसुकै परिस्थितिमा पनि संगठनको मूलभूत उद्देश्य प्राप्तिका लागि सबै प्रहरी प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा डीआईजी खनालले प्रदेश मातहतका जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन साथै जनशक्ति व्यवस्थापन र आगामी दिनमा आईपर्न सक्ने सुरक्षा चुनौती एवं समाधानका विषयमा प्रदेश अन्तर्गतका जिल्लाका प्रहरी प्रमुखहरुसँंग छलफल तथा अन्तरक्रिया गरेका थिए ।

साथै डीआईजी खनालले संगठनको उद्देश्य र प्रहरी आचारसंहिता अनुरुप कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत र आचारसंहिता विपरीत जानेलाई कारवाही गर्न आफूले सञ्कोच नमान्ने स्पष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले प्रदेशको समग्र शान्ति सुरक्षा तथा भौगोलिक अवस्थाका बारेमा डीआईजी खनाललाई जानकारी गराएका थिए ।

खनालले सोमबार गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ