arrow

प्रचण्ड भन्छन्- नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
pm-taiwan.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौँमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका छन्। 

प्रचण्डले ताइवान चीनकै अभिन्न अङ्ग भएको बताए । प्रचण्डले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रस्ट पारेको बताए । 

उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए । उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए ।

प्रधानमन्त्रीले भने, ‘हामीले असल मित्रका रूपमा एक अर्काको संवेदनशीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिविद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रस्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रस्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’

प्रधानमन्त्री दाहालले चीनका विरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ