arrow

हाइकर्सको हाइकिङ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
hikers-pokhara.jpg

पोखरा । ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’ भन्ने मूल नाराका साथ पोखरास्थित हाइकर्स क्लब नेपालको ‘हाइकिङ’ निरन्तर चलिरहेको छ । क्लवले प्रत्येक महिनाको अन्तिम शनिबार हाइकिङ गर्दै आएको छ । जसअन्तर्गत क्लवको ४२औं श्रृङ्खला शनिबार पोखरा मै भएको छ ।

क्लवका सचिव मधु अधिकारीका अनुसार यस पटकको हाइकिङ पोखरा महानगरपालिका वडा नं.७ न्वारथोक, बुलौदीबाट सुरु भइ पोखरा-१८ को मेथ्लाङ डाडाँ हुँदै पोखरा-६ स्थित बङ्लादी फेवा फुटट्रयाकमा आएर समापन भएको थियो ।

हाइकर्स टोलीलाई पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले शुभकामनासहित बिदाई गरेका थिए ।

वडाध्यक्ष आचार्यले आफू पनि दैनिक हिँड्ने गरेको बताए । हाइकर्स क्लवको अभियानमा आफू पनि सगैँ साथमा रहने प्रतिवद्घता जनाए । उनले भने, ‘जो हिँडछ उ नै तन्दुरुस्त र सक्रिय हुन्छ ।’

हाइकिङ पहिलो पटक जोडिएकी गोमा फाउन्डेसन नेपालकी अध्यक्ष गोमा पराजुलीले हिँडेरै आफ्नो विविध शारीरिक समस्या निवारण भएको अनुभव सुनाइन् । अबका सबै श्रृङ्खलामा आफू सहभागी हुने उनको अठोट छ ।

युवा व्यवसायी सुमन थापाले हाइकिङ गर्दा आफूलाई बेग्लै आनन्द लागेको बताए ।

पर्यटन व्यवसायी घनश्याम अधिकारीले एकापसको सम्बन्ध बढाउन र पर्यटन प्रवर्द्धनमा हाइकिङ निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । हाइकिङले गाउँ ठाउँको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने भन्दै उनले अभियान निरन्तर अघि बढाउन आग्रह गरे ।

नेपाल प्रहरीबाट सेवा निवृत्त यमबहादुर रानाभाटले हाइकिङमा सहभागी हुँदा जोस र सक्रियता बढेको आफूलाई महसुस भएको स्पष्ट पारे ।

नेपाली सेनामा कार्यरत ईन्जिनियर श्यामप्रसाद दंगालले कार्य व्यस्ततामा रहँदाको तनावबाट मुक्त हुन आफू हाइकिङमा सहभागी हुँदै आएको बताए ।

निरन्तर हाइकिङमा सहभागी सामाजिक व्यक्तित्व जुना गुरुङले हाइकिङ महिनाको २ पटक गर्न आग्रह गरिन् ।

क्लवका सचिव अधिकारीले हाइकर्स क्लव हिँडनेहरुको समूह भएको बताए । उनले क्लवमा जो कोही पनि जोडिएर र हाइकिङमा सहभागी हुन सक्ने स्पष्ट पारे ।

क्लवका अध्यक्ष कृष्ण रानाभाटले हाइकिङमार्फत व्यक्तिको स्वास्थ्यसँगै पर्यटनलाई विस्तार गर्न मद्धत पुगेको दावी गरे ।

यस पटकको हाइकिङमा विद्यार्थी, गृहिणी, विभिन्न पेसा, व्यवसायमा आवद्ध युवा, सेवा निवृत्त आर्मी र प्रहरीसहित २९ जना सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ