arrow

माओवादीको स्थायी समिति बैठक बस्दै, विधान मस्यौदा पेस

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २८ शनिबार
maobadi-kendra-maoist-centre.jpg
तस्बिर-फाइल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष विधानको मस्यौदा पेस गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उपाध्यक्ष एवं समितिका संयोजक पम्फा भुसालसहितको टोलीले उक्त मस्यौदा पेस गरेको हो ।

माओवादीले यही पुस ५ गते उपाध्यक्ष भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो । 

समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की रहेका थिए ।

मस्यौदा शनिबार बस्ने स्थायी समिति बैठकमा पेस हुने, पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए ।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ । विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ ।

त्यस अवसरमा महासचिव गुरुङ, उपमहासचिवद्वय पोखेरेल र शर्मा तथा सचिव गणेश साह उपस्थिति थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ