arrow

बोर्डले दियो एसईई खारेज नगर्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २६ बिहिबार
education-commitee-2080-09-.jpg

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज गर्न नहुने सुझाव दिएका हुन् । 

प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न सरकारलाई बोर्डले सुझाव दिएको छ । 

छिमेकी देशमा समेत कक्ष ८, १० र १२ मा बोर्ड परीक्षा हुने बताउँदै बोर्ड अध्यक्ष शर्माले बिनाअनुसन्धान एसईई नहटाउन सुझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ