arrow

आत्मआलोचनापछि डा बिशदको निलम्बन फुकुवा, यस्तो भयो आठ बुँदे सहमति

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
kmc-agreement-2080-09-25.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा चिकित्सकहरुको विवाद समाधान भएको छ । आज बसेको अस्पतालकी सहायक प्राचार्य डा. पावना कायस्थ तथा आन्दोलनरत आवासीय चिकित्सकका तर्फबाट प्रतिनिधित्व गर्ने डा. विजय केसीबीच वार्ता भइ सौहार्दपूर्ण तरिकाले बसेको वार्तामा आठ बुँदे सहमति गरेका हुन् । 

सो क्रममा आन्दोलित चिकित्सकहरुले मेडिकल कलेजमा उत्पन्न असहज परिस्थितिप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा कलेजको उन्नयनका लागि सदैव एक हुने प्रणसमेत गरेका छन् । 

सहमतिकैबीच आवासीय चिकित्सक डा. बिशद दाहालको एक महिने निलम्बन फिर्तासमेत भएको छ । सो क्रममा डा. दाहालले आत्मआलोचनासमेत गरेका छन् । मंगलबार नै सहमति नजिक पुगेको वार्ता शिक्षामन्त्रीको पत्रका कारण भाँडिएपछि बुधबार पुनः बैठक बसेर सहमति भएको हो । 

मन्त्रीले पत्र पठाएर डा. बिशदको निलम्बन फुकुवा गर्न निर्देशन दिएपछि सञ्चालक डा. सुनीलकुमार शर्माले डा. बिशदलाई विश्वविद्यालयमै फिर्ता पठाइदिने चेतावनी दिएका थिए । 

त्यसपछिमात्रै आज डा. बिशदले आत्मआलोचना गरेका हुन् । 

यस्तो छ आठ बुँदे सहमति–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ