arrow

गण्डकी प्रदेश प्रहरी प्रमुख गुरुङको अख्तियारमा सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
buddhiraj-gurung-gandaki.jpg

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) बुद्धिराज गुरुङको सरुवा भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले उनको सरुवा गरेको हो ।

डिआइजी गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

डिआइजी गुरुङ २०७९ पुस २९ मा सरुवा भइ गण्डकीको कमाण्ड सम्हाल्न आएका थिए ।

गुरुङको स्थानमा प्रहरी प्रधान कार्यालयबाट विकासराज खनाल गण्डकीमा आउने भएका छन् ।

गृह मन्त्रालयले गुरुङसंगै १६ जना डिआइजीको सरुवा गरेको हो ।

यसअघि अख्तियारमा कार्यरत डिआइजी चन्द्र कुबेर खापुङलाई कोशी पठाइएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यररत यज्ञ विनोद पोखरेललाई मधेश प्रदेश काज सरुवा गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत डिआइजी किरण राणालाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज पठाइएको सूचनामा जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ