arrow

आफ्नै बोलीको बेठेगान

प्रचण्डको बोलीले प्रशासनिक काममा समस्या, मन्त्रीलाई भेट्नै छाडे कर्मचारीले

खानेपानी, स्वास्थ्य, शहरी, संस्कृति, महिला, कानून, भौतिक, उद्योग, कृषि र युवा तथा खेलकुद मन्त्रालयको रिपोर्ट खराब

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २४ मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गलत अभिव्यक्तिले यतिबेला मुलुकको ठूलो प्रशासनिक निकाय सिंहदरबारमा मन्त्री र कर्मचारीको देखभेट हुन छाडेको छ । 

प्रधानमन्त्रीले गत मंसिर २८ को एउटा बैठकमा मन्त्रिपरिषद् हेरफेर हुनसक्ने अभिव्यक्ति दिएपछि यस्तो अवस्था आएको हो । प्रधानमन्त्री निकट स्रोतका अनुसार गठबन्धन दलमा छलफल गरेर गति नलिने मन्त्रीहरुलाई बिदा दिने तयारी छ ।

 ‘तर, एकैपटक मन्त्रीको सेट भने परिवर्तन हुँदैन । एकैपटक सामूहिक मन्त्रीमण्डल परिवर्तन गर्दा व्यक्तिको राजनीतिक छवि धमिलिने र सरकारप्रति नै नकारात्मक सन्देश जाने भएकाले सामूहिक बिदाको नीतिप्रति प्रधानमन्त्री नै सकारात्मक छैनन् सबैलाई पालो पुर्याउनु पर्ने भएकाले । प्रधानमन्त्रीले राम्रो काम गर्ने मन्त्रीलाई पनि केही समयपछि बिदा दिने नीति लिएका छन्’, प्रधानमन्त्री निकट स्रोतले भन्यो । 

मंसिर २८ गते सिंहदरबारमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम र बजेटबारे चौमासिक समीक्षा बैठकमा प्रस्तुत गरिएको रिपोर्ट कार्ड हेरेपछि प्रधानमन्त्री प्रचण्ड मन्त्री फेर्ने कसरतमा लागेका हुन् । 

त्यसयता उनले पटकपटक मन्त्रिपरिषद् सदस्य परिवर्तन गर्ने संकेत गर्दै आएका छन् ।  खासगरी प्रधानमन्त्रीले आफ्नै पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सेट लैजाने तयारी गरेका छन् ।  तर, प्रधामन्त्रीले ‘मन्त्रीहरू परिवर्तन गर्छु’ भनिरहँदा सरकारी काम प्रभावित हुन्छ भन्ने कुराको ध्यान दिएनन् । 

प्रधानमन्त्रीको यो तयारीमा नेकपा एकीकृत समाजवादी लगायतका दलले साथ दिने अवस्था रहे पनि उनको कार्यशैली रुचाइएको छैन । ‘प्रधानमन्त्रीकै भनाइले गर्दा अहिले मन्त्री र सचिवको मन्त्रालयमा भेट हुँदैन, प्रधानमन्त्री कार्यालयमा सचिवहरु बसेका हुन्छन्, मन्त्रालयमा थोरै समयमात्र बस्छन्’, स्रोतले भन्यो । 

प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा एस र जसपाका शीर्ष नेताहरूसँग छलफल गरे पनि राष्ट्रिय सभाको निर्वाचन अघि टुंगोमा पुग्ने अवस्था छैन । प्रधानमन्त्रीले ११ ओटा मन्त्रालयको नतिजा खराब देखेपछि सबै मन्त्री परिवर्तन गर्ने गरी तयारी गरेका थिए ।

खानेपानी, स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास र युवा तथा खेलकुद मन्त्रालयको रिपोर्ट खराब देखिएको थियो । 

अन्य मन्त्रालयको रिपोर्टले पनि १०० अंकको पूर्णाङ्कमा ४० कटाउन सकेका थिएनन । जसले गर्दा प्रधानमन्त्री निकै तनावमा भएपनि गठबन्धन दलका शीर्ष नेताहरूको सहमति बिना मन्त्री परिवर्तन गर्ने प्रायः असम्भव नै थियो । 

प्रधानमन्त्रीले मंसिर २८ मा दिएको अभिव्यक्तिपछि अहिले सिंहदरबारमा रहेका कर्मचारीहरूले मन्त्रीको निर्देशनलाई मान्न छाडिसकेको अवस्थामा मन्त्रीहरु नै अप्ठेरोमा परेका छन् । 

समान्य प्रशासन मन्त्रालयमा  मन्त्री मन्त्री अनितादेवी र सचिव विनोद सिंहबीच कर्मचारी सरुवाको विषयलाई लिएर खटपट उत्पन्न भएको छ । 

पर्यटनमन्त्री सुदन किरातीले सचिवलाई एक हप्तामा दुई पटक मात्रै भेटेको अवस्था छ । यसैगरी खानेपानी मन्त्रालयमा नयाँ गएका सचिवले मन्त्रीलाई एकपटक भेटेका थिए ।

त्यसपछि भेटघाट नगरेको स्रोतको दाबी छ । भौतिक मन्त्री र सचिव बीचमा भेटघाट नभएको एक साता बितिसकेको स्रोतले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ