arrow

सवारी दुर्घटनामा मारेर भागेका चालक पाँच वर्षपछि पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
rakrishna-sirmal-gorkhapolice.jpg

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले सवारी ज्यान मुद्दामा ५ वर्षदेखि फरार एक जनालाई गरेको छ । 

पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ९ का रामकृष्ण सिर्मल रहेका छन् । खोजतलासको क्रममा उनलाई आइतबार गोरखा-१० बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिए । 

उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतको आदेशले आइतबार नै आरोपित सिर्मललाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।

प्रहरीका अनुसार २०७५ असार २ गते गोरखा नगरपालिकास्थित कट्टेलडाँडा सडक खण्डमा ग१त ५१९२ नम्बरको ट्र्याक्टर पल्टिएर दुर्घटना भएको थियो । 

सोही ट्र्याक्टरमा सवार सुर्खेत भेरिगंगा गाउँपालिका वडा नं. ६ का सुशिल मगरको मृत्यु भएको थियो । त्यस घटनापछि ट्र्याक्टर चालक सिर्मल फरार रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ