arrow

धार्मिक र प्राकृतिक स्थल नुनथरमा पर्यटकको घुइँचो 

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०८० पुष १७ मंगलबार
nunthar-rautahat-tourism-sp.jpg

रौतहट । रौतहटको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकीय स्थल नुनथरमा अङ्ग्रेजी नयाँ बर्षमा आन्तरिक र बाहिरी पर्यटकको चहलपहल बढेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर १ रहेको नुनथर प्रदेश नम्बर २ कै चर्चित पर्यटक स्थलको रुपमा परिचित रहेको छ । अंग्रेजी नयाँ वर्ष मनाउन स्वदेश र छिमेकी मुलुक भारतका विभिन्न प्रान्तबाट करिब दुई लाख पर्यटकको भीड लागेको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर कार्कीले जानकारी दिए ।

नयाँ वर्ष २०२४ मनाउन सो क्षेत्रमा पर्यटकहरुको व्यापक घुइँचो लागेको हो । हिजोआज शनिबारको दिन पिकनिक खान र घुम्न रौतहट जिल्लाका मात्र नभएर छिमेकी जिल्ला बारा, पर्सा, मकवानपुर, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली जिल्लाहरुका मानिसहरु पनि आउने गरेका छन् । 

त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विद्यालयका शिक्षक–विद्यार्थीहरु ठूलो संख्यामा पिकनिक खान आउने गरेका छन् । सो स्थानमा बिहे, व्रतवन्ध लगायतका धार्मिक कार्यहरु गर्नेको संख्यामा पनि पछिल्लो समयमा वृद्धि भएको छ । 

महादेव पार्वतीको वासस्थान रहेको मानिँदै आएको यस पवित्र धार्मिक स्थलमा आएर बिहे, ब्रतबन्ध तगायतका धार्मिक तथा शुभ कार्यहरु गरे राम्रो हुने जनविश्वास रहेको छ । 

धेरै अगाडि यस क्षेत्रमा प्रशस्त नुन पाइने र यस क्षेत्रको माटो पनि नुनिलो रहेकोले गाइवस्तुहरु यस क्षेत्रमा चर्न आउँदा बाग्मतीको पानी पिइसकेपछि यहाँको माटो चाट्ने गरेकाले यस क्षेत्रको नाम नुनथर रहन गएको किंवदन्ती पनि रहेको छ ।

नुनथरमा वर्षको बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको पाइन्छ । त्यतिमात्र नभएर सो नुनथर क्षेत्रमा साउनको सोमबार हिन्दु भक्तजनको घुँइचोसमेत लाग्ने गर्छन् । विशेषगरी यहाँ नेपाली र अंग्रेजी नयाँ वर्ष एवम् कार्तिक, मंसिर तथा पुष महिनामा पिकनिक खानेहरुको भीडले बस्नसमेत ठाउँ हुँदैन ।

रौतहट, मकवानपुर, सर्लाही र सिन्धुली गरी ४ वटा जिल्लासँग सीमाना जोडिएको यस नुनथरको बागमती नदीमा मोटरबोट चल्न शुरु गरेपछि यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।

मोटरबोट संचालन भएपछि आन्तरिक तथा वाह्य पर्यटकहरु मोटरबोट चढेर बागमती नदीको सयर गर्न आउने गरेका छन् । सो मोटरबोट  रौतहट र सर्लाही जोड्ने सो पुलमा फोटो खिच्न, वारपार गर्न, टिकटक बनाउन पर्यटकहरु रमाउने गरेका छन् । 

नुनथर क्षेत्र विकास समितिले सो क्षेत्रमा पर्यटनको विकासको लागि होमस्टे, चिल्ड्रेन पार्क लगायतका सुविधाहरु थप्न लागेको र यसलाई प्रदेशकै सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य लिएको नुनथर क्षेत्र विकास समितिका सदस्य समिर कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ