arrow

बेरोजगारलाई गोली हान्ने सरकारविरुद्ध रास्वपा सडकमा

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०८० पुष १५ आइतबार
rsp-2080-09-15.jpg

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटको चन्द्रनिगाहपुरमा विरोध प्रदर्शन गरेको छ । ललितपुरको बालकुमारीमा भएको घटनामा ज्यान गुमाएका दुई जना बेरोजगार युवाको न्यायको लागि र देशमा भएका ठूला ठूला भ्रष्टाचार र बेथितिको काण्डबारे सरकारसँग प्रश्न गर्न विरोध प्रदर्शन गरिएको चन्द्रपुर नगर सभापति उदय सापकोटा सुरेनले बताए । 

सरकारको आडमा भएका विभिन्न भ्रष्टाचार र काण्डको विरोध गर्न शान्तिपूर्ण आन्दोलन गरिएको सभापति सापकोटाले बताए । एक घण्टे विरोधको कार्यक्रममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला अगाडि राखेर ठूला काण्डका प्रश्न लेखिएका प्लेकार्ड राखेर विरोध प्रदर्शन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ