arrow

शिखरमा एकदिन 

logo
कविता गौतम, 
प्रकाशित २०८० पुष १४ शनिबार
kabita-gautam-2080-08-23.jpg

हिँडेपछि अवश्य पुगिन्छ 
शिखरमा एकदिन 
रमाउनु छ सपनाहरू पूरा गरेर 
आफ्ना रहरमा एकदिन ।
केही गर्छु भन्ने आँट लिएर 
हिँडेकी छोरी हुँ म 
हतार नगर न आमा
तिमीले देखेका सपना पूरा गरी 
अवश्य खुशी लिएर 
आउने छु घरमा एकदिन ।
कहिल्यै पनि रोकिने छैन 
जीवनको गोरेटोमा 
सफल भएरै छोड्छु आखिर 
सफरमा एकदिन ।
अब यस्तो मेहनत गर्नेछु 
यो जिन्दगीमा मैले 
अवश्य नै चुनिने छु 
सबैको लिडरमा एकदिन ।
घमण्ड गर्न जान्दिन म 
कहिल्यै गर्ने पनि छैन 
मेरो अस्थिपन्जर नै मिसियोस् बरु 
तर सपनालाई सफलतामा 
परिणत गर्ने छु एकदिन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ