arrow

चार महिने शिशुको आगोले जलेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १२ बिहिबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

खलङ्गा  । दार्चुलामा आगोले जलेर चार महिनाको शिशुको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ होपरीगाडमा बुधबार राति जलेर शिशुको ज्यान गएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गोविन्द  भण्डारीका अनुसार रणवीर टमटाको घरमा आगलागी हुँदा उनका चार महिनाका छोरा विजयको मृत्यु भएको हो ।

विद्युत चुहावट भएर टमटाको घरमा आगलागी भएको हो । उनको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी र्दिए । प्रहरी र स्थानीयले आगो निभाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ