arrow

ईसेवा केयरको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
esewa-care.jpg

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले अत्यधिक रुचाइएको ईसेवा केयर सुविधामा क्रिसमस अफर अन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ । 

दैनिक एक रुपैयाँ भन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने ईसेवा केयरमा यस्तो अफर सार्वजनिक गरिएको हो । अफर अन्तरगत वर्षको ३६० रुपैयाँमा २ लाख ३० हजार सम्मको कभरेज प्रदान हुनेछ ।

यो सेवा आइतबार खरिद गरेमा एक जना भाग्यशाली विजेताले सय गुणा अर्थात् ३६ हजारको क्यासब्याक पाउने छन् ।  ईसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितव्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा प्रदान गरिरहेको छ ।
 
यस सुविधा प्रयोग गर्नका लागि ईसेवाको मोबाइल एप्स गइ ईसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । 

जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै अस्पताल भर्ना बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्नेछन् । यस प्याकेज अन्तर्गत हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट २ लाख ३० हजारसम्मको दुर्घटना उपचार खर्च र अस्पतालको बेड शुल्कको बीमा दाबी गर्न सकिनेछ । 

जस अन्तर्गत अस्पतालको बेड चार्जमा १० हजार रुपैयाँसम्म र २ लाख २० हजारसम्मको दुर्घटना बीमा उपलब्ध छ । साथै विभिन्न स्वास्थ्य सेवामा ३० प्रतिशत सम्मको छुट पनि पाउने ब्यवस्था गरिएको छ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्समा आवश्यक कागजातसहित सम्पर्क गर्नुपर्नेछ । खरिदकर्ताले ईसेवामार्फत पनि डकुमेन्ट बुझाएर दाबी भुक्तानीको लागि प्रकृया शुरु गर्न सक्दछन् ।     

हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोफाइलमार्फत ८० लाख बढी ग्राहकले सेवा लिइरहेका छन् । 

यसैगरि देशभर रहेका दुई लाख भन्दाबढी मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । 

ईसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिने ईसेवाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ