arrow

बाह्रखरी कथा लेखनः पत्रकार र साहित्यकारको उद्धेश्य एउटै – प्रतीक प्रधान

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
pratik-pradhan-12khari-2080.jpg

काठमाडौँ । बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले १२खरी कथा लेखन प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा स्थापित भइसकेको बताएका छन् । 

राजधानीमा भएको पाँचौँ बाह्रखरी लेखन प्रतियोगिताका विजेतालाई पुरस्कृत गर्ने कार्यक्रममा बोल्दै उनले पत्रकार र साहित्यकारको उद्धेश्य एउटै भएकाले मिडियाले गर्दै आएको यो लेखन प्रतियोगिताले निरन्तरता पाउँदै जाने जिकिर गरे । 

उनले भने, ‘यो प्रतियोगिताको विश्वसनीयता बढेको छ । यो नै हाम्रो शक्ति हो । साहित्य  र पत्रिकारिता समाज परिवर्तनको माध्यम हो । समाज परिवर्तनको सोचले हामीले कथा पत्रकारिता र साहित्यलाई सँगै अगाडि बढाएका हौँ ।’

डिजिटल मिडिया सोसाइटीका अध्यक्षसमेत रहेका प्रधानले साहित्यकारहरूले देखेको, चाहेको कुरा साहित्यमार्फत प्रकट गर्ने भन्दै त्यो पत्रकारितामार्फतभन्दा पनि प्रभावकारी हुन सक्ने उनले बताए । 

उनले अगाडि भने, ‘राजनीतिले साहित्यलाई पनि गाँजेको छ । राजनीतिले गाँजेकाले समाजलाई पत्रकारितामार्फत परिवर्तन गर्न गाह्रो भइरहेको छ ।’

यसलाई थप स्पष्ट पार्दै उनले अगाडि थपे, ‘यस्तो अवस्थामा साहित्यमार्फत काम गर्न सकिन्छ भन्ने हाम्रो उद्देश्य हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ