arrow

वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
birgunj-new-bid.jpeg

वीरगञ्ज (पर्सा) । वीरगञ्ज नाकाबाट एक वर्षको अवधिमा दुई सय ६० जनाको उद्धार भएको छ । 

माइती नेपालले दुई सय ५७  महिला र तीन जना बालकलाई उद्धार गरेको हो । 

उक्त अवधिमा उद्धार गरिएकामध्ये धेरैजसो मधेस प्रदेशको पर्सा, सर्लाही, धनुषा, महोत्तरी र कोशी प्रदेशको झापा जिल्लाका छन् । 

संस्थाको संरक्षणमा रहेकामध्ये ३८  मधेस प्रदेशका, ५८ बागमती प्रदेश, ३३ कोशी प्रदेश, १३ लुम्बिनी, ३८ गण्डकी र सात जना सुदूरपश्चिम प्रदेशका छन् ।

वीरगञ्जस्थित सीमानाकामा माइती नेपाल, आशिष समाजिक नेपाल, आफन्त नेपाल, साना हात नेपाल र नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध निगरानीमा सक्रिय छन् । 

वीरगञ्ज नाकामा निगरानी बढाए पनि पर्साको भिश्वा, भङ्गहालगायत नाकामा पनि निगरानी बढाउनुपर्ने स्थानीयको माग छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ