arrow

गजल

logo
कविता गौतम,
प्रकाशित २०८० पुष ७ शनिबार
kabita-gautam-2080-09-07.jpg

खोला झैँ बग्दै जाने जस्तै त हो जिन्दगी 
आज भन्दै भोलि भन्दै बिती जाने त हो जिन्दगी 

चल्दैन एकनासले कहिल्यै पनि बदलिइरहन्छ
स्थिति हेरि चल्नु पर्ने परिस्थिति त हो जिन्दगी 

खोला झैँ बग्दै जाने जस्तै त हो जिन्दगी 
आज भन्दै भोलि भन्दै बिती जाने त हो जिन्दगी 

कहिले सुख आउँछ , कहिले दुःख आउँछ जिउँदै जाँदा 
दुःख सुखलाई समेट्दै बग्नै पर्ने दोभान त हो जिन्दगी 

खोला झैँ बग्दै जाने जस्तै त हो जिन्दगी 
आज भन्दै भोलि भन्दै बिती जाने त हो जिन्दगी 

आज यस्तै भयो भोलि त पक्कै राम्रो होला नि भन्दै 
आशै आशमा बिती जाने आश त हो जिन्दगी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ