arrow

हामी रक्षक

logo
उमा गौतम,
प्रकाशित २०८० पुष ७ शनिबार
uma-gautam-2080-09-07.jpg

म एक विद्यार्थी 
आज पढिरहेको एक विद्यार्थी
घरदेखि संस्कार पाएको एक विद्यार्थी
विद्यालयमा गुरुबाट दीक्षित म विद्यार्थी
हो, आजको असल म विद्यार्थी ।     

मैले धेरै पढ्नु छ 
म आफू अब्बल बन्नुछ 
म डाक्टर बन्नछु
इन्जिनियर बन्नुछ 
पाइलट बन्नुछ 
शिक्षक बन्नुछ 
यो देश जोगाउने एक रक्षक बन्नुछ । 

हो, रक्षक  
जोड दिएर भन्दैछु 
म रक्षक बन्दैछु 
रक्षक बन्नलाई गोलीगठ्ठामात्र लिइँदैन 
यहाँ हाम्रो देशको भाषा जोगाउनु छ 
देशको संस्कृति छ 
सामाजिक सद्भाव जोगाउनु छ 
पृथ्वीनारायण शाहले भनेझैँ 
यो देश चार वर्ण ३६ जातको फूलबारी हो 
सबै जातजाति जोगाउनु छ
सबै वर्ण जोगाउनुछ 
धर्म जोगाउनु छ 
हामी एक भएर आफ्नो कर्म गर्नुछ । 

टुक्र्याउला कसैले सक्दैन 
हामी प्रण गरौँ 
हामी एकजुट होऔँ 
हामी हाम्रो कर्म गरौँ 
म हैन हामीको भाव जगाऔँ 
ब्याकुल माइलाले त्यसै भनेका छैनन् राष्ट्रिय गानमा
सयौँ थुँगा फूलका हामी 
एउटै माला नेपाली 
हो हामी देशका रक्षक 
हामी देशका रक्षक ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ