arrow

ईसेवाबाट कारोबार गर्दा प्रनिशले जिते एक लाखको शपिङ भौचर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ४ बुधबार
esewa-prize-2080-09-04.jpg

काठमाडौँ । ईसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता ईसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाख रुपैयाँको शपिङ भौचर जित्न सफल भएका छन् । 

यस अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी ईसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् ।

विजेता अधिकारीलाई मंगलबार नै उक्त  शपिङ भौचर हस्तान्तरण गरियो । ईसेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले भाग्यशाली विजेता प्रनिशलाई उक्त शपिङ भौचर हस्तान्तरण गरे । 

विजेता प्रनिशले ईसेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार जित्न सफल भएका थियो। शपिङ भौचर हस्तान्तरण गर्दै चिफ बिजनेस अफिसर गौतमले आगामी दिनमा पनि ईसेवाले यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए । 

चिफ बिजनेस अफिसर गौतमले अफर अवधि सकिए पनि सबै ईसेवा प्रयोगकर्तालाई सजिलो तथा छिटो कारोबारका लागि ईसेवा वालेटमा आफ्नो बैंक तथा सहकारीको खाता लिंक गरी कारोबार गर्नका लागि सुझाएका थिए । 

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवाले भदौ २० देखि कार्तिक ३ गतेसम्म मेगा लिंक मेनिया अफर सञ्चालन गरेको थियो । 

यस अफरमा ईसेवा एकाउन्टमा लिंक गरिएको बैंक वा सहकारी खातामार्फत भुक्तानी गर्दा  बम्पर उपहार बाहेक दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर समावेश थिए । 

हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । 

यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । ईसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी तथा  मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली र खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, क्यूआर भुक्तानी लगायतका करिब ४ लाख भन्दा बढी मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ