arrow

अनुकरणीय कालिका मानवज्ञान

logo
नारायण वली,
प्रकाशित २०८० पुष ४ बुधबार
kalika2.jpg

लुम्बिनी । शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीको तथ्यांक अनुसार देशका ७ सय ५३ वटा पालिकामध्ये ३९४ वटा पालिकामा भन्दा बढी विद्यार्थी संख्या भएको एउटा सामुदायिक विद्यालय हो, बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालय। बुटवल उपमहानगरपालिका वडा न १०-पूर्वकालिकानगरमा अवस्थित छ । शैक्षिक शत्र २०८० मा ८ हजार ५० जना विद्यार्थीहरु पुर्याएको कालिका मानवज्ञानमा बालविकास केन्द्रदेखि उच्च शिक्षा कक्षा १२ सम्म विद्यार्थीहरु संख्या उत्साहजनक छ । 

विद्यालयमा उत्तरदायित्वको सिद्धान्तलाई व्यवहारिक रुपमा प्रयोग गर्दै विद्यार्थी र कर्मचारीहरुको सहभागिता र नेतृत्वमा आचारसंहिता निर्माण गरेर कार्यान्वयन, मुस्कान सहितको शिक्षक प्रस्तुती, आकर्षक पिटीको व्यवस्था, विद्यार्थीहरुले गुनासो गर्ने उजुरी पेटीका र कक्षालाई अनुशासित बनाउन मनिटरलाई प्रशिक्षण दिएर पूर्णजिम्मेवारी हस्तान्तरणका साथै वार्षिक शैक्षिक योजना, शिक्षक तालिम, शैक्षिक सामग्रीहरुको निर्माण तथा खरिद सहित शिक्षकले शैक्षिक वर्षको तयारी पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । बालविकासको निम्ति १, २–५, ६, ७, ८, ९ र १० कक्षाको लागि १/१ जना र विज्ञान समूहको लागि १, कानुन, शिक्षा र मानविकी समूहको लागि १, व्यवस्थापन समूह कक्षा ११ को लागि एउटा समूह तय गरिएको छ । कक्षा १२ को लागि एकजना शिक्षक इन्चार्ज ताकिने व्यवस्था छ ।

प्रश्नप्रत्र निर्माण कार्याशाला मार्फत् प्रश्नप्रत्रको निर्माण, विद्यार्थीहरुको प्रोफाइल तयार गरी मूल्याङ्कनको व्यवस्था, नियमित मूल्याङ्कन, मासिक, त्रैमासिक २ वटा र वार्षिक एउटा मौका परीक्षाको सञ्चालन दिनुको साथै कुनै विषयमा असफल भएमा मौका परीक्षाको अवसर प्रदान गरिने व्यवस्था गरिएको छ । बालविकासदेखि कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन पद्धति र आवधिक मूल्याङ्कन पद्धतिलाई समेटिदै आईएको, बालविकास केन्द्र देखि कक्षा १२ का हरेक आन्तरिक त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति र बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद पुरस्कारको व्यवस्था गरिएको कालिका मानवज्ञान स्कुल व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए । 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माका अनुसार केन्द्रले २९ वटा सूचकहरु निर्माण गरि गरिएको अध्ययनमा कालिका मानवज्ञान देशभरीका सामुदायिक विद्यालयहरु भन्दा अब्बल देखिएको बताए । कालिका मानवज्ञान सामुदायिक विद्यालय हो, विद्यार्थीको चाप खचाखच छ । विद्यालयको शैक्षिक व्यवस्थापन, सिकाई अभ्यास, शिक्षक प्रोत्साहन लगायत पक्ष उदाहरणीय छन्। अन्य सामुदायिक विद्यालयहरुको लागि अनुकरणिय बनेको छ । उनले भने, ।

अभिभावकहरुलाई प्रशिक्षण, अभिभावक विद्यार्थी र शिक्षकहरुबीच त्रिपक्षीय अन्तक्र्रिया, बालविकास कक्षामा प्रवेश गर्ने बालबालिकालाई विद्यालय पोसाक निःशुल्क, अङ्ग्रेजी र नेपाली दुवै माध्यमको लागू, किसानसंग विद्यार्थी कार्यक्रम, कक्षा व्यवस्थापन समितिको व्यवस्थाद्वारा शिक्षकले कक्षामा विताउने समयको अनुगमन, समुदायका लागि कानूनी सचेतना कार्यक्रम सञ्चालन, विद्यार्थीका लागि अतिरिक्त सीपविकासलाई अगाडि बढाउन नैतिक शिक्षा र व्यवहारिक अभ्यासलाई जोड, कानूनका विद्यार्थी र प्रहरीबिच अन्तक्रिया कार्यक्रम सञ्चालन, सामुदायिक सहभागितामा सिप विकासका लागि टपरी निर्माण तालिम सञ्चालन लगायत व्यावहारिक शिक्षालाई अबलम्वन गरिएको कालिका मानवज्ञान विद्यालयका प्रधनाध्यापक दिनेश थापाले बताए ।

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले देशभरका २१ वटा विद्यालयको १६ वटा सूचक बनाएर गरेको मूल्यांकनमा आव २०७९/०८० मा गरिएको अध्ययनमा ९३ दशमलव ५ नम्बर ल्याएर कालिका मानवज्ञान पहिलो विद्यालय बन्न पुगेको थियो । विद्यार्थी विवरण, शिक्षक विवरण, विद्यालय व्यवस्थापन समितिको बैठक सञ्चालन, शिक्षक अभिभावक संघ गठन तथा बैठक संचालन, लेखा परीक्षण तथा सामाजिक परीक्षण, विद्यालयको भौतिक अवस्था, शैक्षिक सूचना तथा सञ्चार प्रविधिको प्रयोग, सह तथा अतिरिक्त क्रियाकलाप सञ्चालन, अभिलेख व्यवस्थापन, अभिभावक भेटघाट तथा अन्तरक्रिया सञ्चालन, अन्य कार्य र कार्यसम्पादन गरी १३ वटा सूचकमा पूर्णांक नै प्राप्त गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

केन्द्रको शैक्षिक शत्र २०७९ को तथ्यांक अनुसार देशका ७५३ वटा पालिकामध्ये ३९४ पालिकागत विद्यार्थी संख्या भन्दा कालिका मानवज्ञानमा विद्यार्थी बढी रहेका छन् । सरकारको आर्थिक सर्वेक्षण २०७९/०८० अनुसार सामुदायिक तर्फ २७ हजार ३४३.९७ दशमलव ९ (प्रतिशत), संस्थागत ७ हजार ३७३.९२ दशमलव ५ (प्रतिशत) र धार्मिक १ हजार ३१६.९३ दशमलव ६ (प्रतिशत) गरी कुल ३६ हजार ३४ विद्यालय छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ