arrow

उद्योग वाणिज्य महासंघ कोशीको संचारमा हाम्राकुराकर्मी विवेक मनोनित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
bibek-mishra-2080-09-03.jpg

मोरङ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले मातहतका विभिन्न समिति गठन गरेको छ । महासंघ प्रदेशले गठन गरेको विभिन्न समितिका सभापतिले आफ्नो समितिका सदस्यहरु मनोनित गरेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।

महासंघ प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मनोनित भएकाहरुलाई मनोनयनको पत्र हस्तान्तरण गर्दै आफ्नो उपसमितिमार्फत महासंघको गतिविधिहरुलाई सक्रिय बनाउने सहयोग पुग्ने अपेक्षा व्यक्त गरे । सभापतिहरुले समितिलाई पूर्णता दिएपछि उनीहरुलाई पत्र हस्तान्तरण गरिएको हो ।

महासंघका शिक्षा तथा सूचना समितिको सभापति रबिनकुमार दाहाल र सहसभापतिमा विवेक मिश्र रहेका छन् । यस्तै सदस्यहरुमा तरुण संचेती, बन्धु पोखरेल र प्रकाश उप्रेतीलाई राखिएको छ ।

महासंघको कर तथा राजश्व समितिको सभापतिमा देवकीनन्दन अग्रवाल र सहसभापतिमा सि।ए। अंश्विनी बंशल रहेका छन् । सो समितिको सदस्यहरुमा दुर्गा भण्डारी, गिरीराज अटल र चन्दनकुमार साह छन् ।

स्टार्टअप एण्ड इनोभेशन समिति सभापतिमा यूनेश श्रेष्ठ तथा सदस्यहरुमा प्रत्यूष राउत, संयम श्रेष्ठ, बिबेक दाहाल, नोर श्रेष्ठ , कुमुद जैन र रोमन कट्टेल छन् । बैंक तथा वित्तीय विमा समिति सभापतिमा सुवास आचार्य र सहसभापतिमा राजेश तिम्सिना तथा सदस्यहरुमा निश्चल अधिकारी, कमल बस्नेत, दिपकराज तिवारी, किरण ढुंगेल सरोज पोखरेल, पारस लुनिया र हरिप्रसाद दिवालीलाई राखिएको छ । 

सो समितिको आमन्त्रित सदस्यमा डेगराज बस्नेत, गणेश खत्री, डेबिड बस्नेत, महेन्द्र रेग्मी, संदिप अग्रवाल र दिवाकर अग्रवाल मनोनित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ