arrow

ईसेवा र नागरिक स्टक डिलरबीच सहकार्य  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
esewa-2080-09-02.jpg

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ईसेवादेखि नागरिक स्टक डिलरमार्फत हुने शेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । 

यसका साथै नागरिक स्टक डिलर मेरो शेयर र डिम्याट खाता नवीकरण शुल्क भुक्तानी पनि ईसेवामार्फत गर्न सकिन्छ।  यस सम्झौताले लगानीकर्ताहरुलाई नागरिक स्टक डिलरबाट गरेको शेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ । 

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल प्रधानले  हस्ताक्षर गरे ।

हाल ईसेवाको सेवा एण्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७८ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभर देशभर रहेका दुईलाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् । 

ईसेवाबाट इन्स्योरेन्स प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, शेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय ओटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिने ईसेवाले जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ