arrow

सामूहिक प्रयासबाट समृद्धिको सम्भव हुन्छ : मुख्यमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ३ मंगलबार
kedar-karki-chief-minister-koshi-2080-07-01.jpg
तस्बिर-फाइल

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा प्रकाशित ‘कोशी प्रदेशको आर्थिक व्यावसायिक पाश्र्वचित्र-२०८०’ को आज यहाँ लोकार्पण गर्दै उनले सार्वजनिक र निजी क्षेत्रबाट गरिने लगानीका बीच सामञ्जस्य कायम गर्न सके सीमित स्रोतको उच्चतम प्रयोग भई आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त हुने बताए । 

उनले आन्तरिक र बाह्य लगानी बढाउन प्रतिस्पर्धात्मक लाभका क्षेत्र पहिचान गर्ने तथा लगानीमैत्री वातावरण तयार गर्न सरकार र निजी क्षेत्रका बीच प्रभावकारी समन्वय र साझेदारीको आवश्यकता रहेकामा जोड दिए । 

उनले कोशी प्रदेशको आर्थिक विकास र समृद्धिको यात्राअघि बढाउन सरकारले अनुकूल र लगानीमैत्री वातावरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको धारणा व्यक्त गरे ।

लगानी विस्तारका साथै आय र रोजगारी प्रवर्द्धनका लागि पनि प्रदेश सरकाको आर्थिक अवस्था र सम्भावनासम्बन्धी तथ्याङ्कको उपलब्धता अनिवार्य हुने जनाउँदै उनले महासङ्घले तयार पारेको प्रादेशिक अर्थतन्त्र र आर्थिक गतिविधिसम्बन्धी तथ्याङ्कले सरकारका लागि निकै उपयोगी हुने बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रबाट पहिलो पटक प्रकाशित यो तथ्याङ्कले उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीलाई फाइदा पुग्ने कुरामा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ