arrow

नेपाल जेसिजको नेतृत्वमा पोखरेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
rabin-pokharel-jci-2024.jpg

बुटवल । नेपाल जेसिजको नेतृत्वमा रविन पोखरेल आएका छन् । बुटवलमा सम्पन्न जेसिजको ५० औँ महाधिवेशनबाट वर्ष २०२४ का लागि पोखरेल राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका हुन् । 

नेतृत्वका लागि चार जना प्रतिस्पर्धामा रहेका थिए । बलिया दावेदारहरु विजय गुरुङ र रजनी थापासँगै स्वतन्त्र उम्मेदवार रश्मी सिल्पकारलाई पछार्दै मात्र ३१ वर्षका रविनले सनसनीपूर्ण जित हासिल गरेका हुन् । 

चुनावको केही समयअघि मात्रै उनको पक्षमा राम्रो माहोल बनेको बताइन्छ । उनी यसअघि उपाध्यक्ष कार्यकारिणी उपाध्यक्ष भइसकेका थिए । 

निवर्तमान कार्यकारिणी उपाध्यक्षहरु विजय र रजनी भने अध्यक्ष हुन पाएनन् । 

 कार्यकारिणी उपाध्यक्ष ४ जनाका लागि ८ जनाको उम्मेदवारी परेकामा सिनेटर अनुप सुनुवार, जेसी राजाराम गौतम, जेसी भिमबहादुर कुँवर (राजु) र सिनेटर सन्दिप अग्रहरी विजयी भएका छन् । 

उपाध्यक्षमा १२ जनाका लागि २२ जनाको उम्मेदवारी परेकामा जेसी अमर घिमिरे, जेसी सौरब श्रेष्ठ, जेसी राजन शर्मा पौडेल, जेसी सीताकुमारी भण्डारी, जेसी एलिना महर्जन, जेसी बहादुर तामाङ, जेसी स्वपना पौडेल भण्डारी, जेसी योगेश राजवंशी, जेसी घनश्याम चौधरी, जेसी नबराज उपाध्याय, जेसी गणेश सापकोटा र जेसी अचुत उप्रेती विजयी भए । 

अध्यक्ष पोखरेलले महासचिवमा जेसी सरोज अधिकारी र कानूनी सल्लाहकारमा सिनेटर नरेशचन्द्र ओझालाई मनोति गरेका छन् । त्यस्तै कोषाध्यक्षमा जेसी खेमराज थापा आएका छन् । 

मिडिया कोर्डिनेटर ईच्छा गुरुङका अनुसार करिब १५ सय मतदातामध्ये १ हजार ३७ मत खसेको थियो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ