arrow

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीको मागप्रति प्रधानमन्त्री सकारात्मक 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० पुष १ आइतबार
belbari-hospital-demand.jpg

मोरङ । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुनःस्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरुद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगिएपछि स्थानीय आन्दोलित बनेका छन् ।  

रातारात इनरुवामा सारिएपछि उक्त प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमा स्थापित गराउन माग गर्दै आइतबार संघीय राजधानी काठमाडौँ पुगेका मोरङका राजनीतिक दलका नेतासँगै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू पनि प्रधानमन्त्री समक्ष पुगेका छन् । 

बेलबारीका मेयर दिलप्रसाद राई, उपमेयर नितु तथा कोइराला, राष्ट्रिय सभा सदस्य विना पोख्रेल, कोशी प्रदेश  सांसद ज्ञानेन्द्र सुवेदी, मानबहादुर लिम्बू, गिता तिम्सिना, नेपाली कांग्रेस बेलबारीका सभापति  छत्र लिम्बू, नेकपा एमाले मोरङका सचिवालय सदस्य इरान राई, नेकपा माओवादी केन्द्रका नेता सावित्रीकुमार काफ्ले, तिलकप्रसाद राई,  नेकपा माओवादी  केन्द्र बेलबारीका अध्यक्ष परशुराम सुवेदी र नेपाली कांग्रेस महासमिति सदस्य महेन्द्र सुवेदी, कांग्रेस नेता डिल्लीराम गिरी लगायतले प्रधानमन्त्री प्रचण्डलाई  प्रदेश प्रहरी अस्पताललाई पुनः बेलबारीमै स्थापित गराउन माग गरेका छन् । 

भेटवार्ता सकारात्मक र उपलब्धिमूलक बनेको नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बूले बताए । ‘प्रधानमन्त्रीज्यू सकारात्मक हुनुभएको छ त्यसैले पनि हामी ढुक्क छौँ’, सभापति छत्र लिम्बूले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ