arrow

नेपाल जेसिजले नयाँ नेतृत्व पाउँदै, चार जना चुनावी मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १ आइतबार
jci-2080-election.jpg

बुटवल । नेपाल जेसिजको नयाँ नेतृत्वका लागि अहिले निर्वाचन हुँदैछ । बुटवलको रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी ५० औँ राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न लागेको हो । 

नेतृत्वका लागि चार जना चुनावी मैदानमा छन् । मिडिया कोर्डिनेटर इच्छा गुरुङका अनुसार अध्यक्षका लागि विजय गुरुङ, रजनी थापा, रविन पोखरेल र रश्मी सिल्पकारले उम्मेदवारी दिएका छन् । 

त्यसैगरी कार्यकारिणी उपाध्यक्ष ४ जनाका लागि ८ जना, उपाध्यक्षमा १२ जनाका लागि २२ जनाको उम्मेदवारी परेको छ । 

जनरल लिगल काउन्सिलर र महासचिव भने अध्यक्षले पछि मनोनित गर्ने गर्छन् । 

मतदान दिउँसो २ बजेदेखि शुरु हुने कोर्डिनेटर गुरुङले बताइन् । करिब १५ सयको हाराहारीमा मतदाता रहेका छन् । 

अध्यक्षको प्रतिस्पर्धा निकै नै कडा हुने अनुमान गरिएको छ । जसमा विजय र रजनी लोकतान्त्रिकबाट आपसमा भिड्दै छन् भने रविनको खुलेर छुट्टिएको छैन । त्यस्तै रश्मी स्वतन्त्र उम्मेदवार हुन् । अन्य प्यानलसहित खडा भएका छन् । 

विजय, रजनी र रविनबीच कडा टक्कर हुने अनुमान गरिएको छ । रश्मीले भने कसको भोट काट्ने हुन् यकिन छैन । 

विजय सन् २०१६ को जेसीआई देवदहका अध्यक्ष हुन् । उनी सन् २०१८ को जेसीआई नेपालका उपाध्यक्ष हुन् । त्यस्तै उनी सन् २०२० मा कार्यकारिणी उपाध्यक्ष भएका थिए । 

जेसीआई देवदहका संस्थापक अध्यक्ष विजयको यसपालिको अध्यक्षको दावेदारी नियमित प्रक्रिया जस्तै नै हो । किनकि उनी नियमित उपाध्यक्ष र कार्यकारिणी उपाध्यक्ष हुँदै अगाडि बढेका छन् । जसका कारण पनि उनको पल्ला भारी हुने अनुमान भइरहेको छ । 

त्यसमा पनि युवामाझ उनी लोकप्रिय रहेको उनी निकटका सदस्यहरु बताउँछन् । 

त्यसो त गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवारी दिएकी रजनी जित नजिक पुगेर पनि झिनो मतान्तरले पराजित भएकी थिइन् । 

उनी पनि वीरगञ्जमा भएको ४९ औँ राष्ट्रिय महाधिवेशनबाट सबैभन्दा धेरै मत प्राप्त गर्दै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ