arrow

डेनमार्कका खेल खेलेर शिक्षा लिँदै मुगुका बालबालिका

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० पुष १ आइतबार
mugu-balbalika.jpg

मुगु । शिक्षा आर्जन गर्नको लागी दैनिक किताबका अक्षर मात्र न पढेर अन्य बाहिरिए सामाजिक , धार्मिक, आर्थिक कार्टुन, टिभी, रेडियो, हेरेर, सुनेर , प्रयोग गरेर शिक्षा लिन सकिन्छ भर्ने उदाहरण मुगुको छायानाथ रारा नगरपालिकामा रहेको एक माध्यमिक विद्यालयमा खेलको माध्यमबाट विद्यार्थीहरूले लिइरहेको शिक्षाबाट प्रष्ट हुन्छ ।

कर्णाली माध्यमिक विद्यालय टोप्लाका अध्ययनरत बालबालिकाहरूलाई डेनमार्कमा अध्ययनरत त्यहाँका विद्यार्थीहरूले खेलका माध्यमाबाट शिक्षा लिन सकुन् भनेर पठाएका खेल सामाग्रीहरू प्रयोग गरेर खेलको माध्यमाबाट शिक्षा लिई रहेका छन् ।

डेनमार्कका विद्यार्थी साथीहरूले खेल सामाग्री निमार्ण गरी हामीलाई खेलका माध्यमाबाट शिक्षा आर्जन गर्नको लागी पठाइएका २ दर्जन भन्दा बढी खेल सामाग्रीहरूबाट धेरै खेल सिकी सकेका छौं , ईस्कल, हल्ली चल्ली, क्यास माईफिस, लुडो जस्ता खेलहरूका नियम , खेल सामाग्री निमार्ण गर्ने तरीका सिकेर खेलको माध्यमाबाट ज्ञान लिएका छौं हामीहरूले पनि स्थानीय स्रोत साधनबाट विभिन्न खेलहरूका सामाग्रीहरू बनाएका छौं , बनाएका सामानहरू डेनमार्कका विद्यालयमा अध्ययनरत साथीहरूलाई पठाउने तयारीमा रहेको कक्षा ८ मा अध्यानतर छात्रा पवित्रा बिष्टले बताए ।

खालि किताब पढेर ज्ञान लिनु भन्दा पनि खेलको माध्यम बाट शिक्षा आर्जन गर्नको लागी डेनमार्कमा अध्ययनरत बिद्यार्थिहरुले निमार्ण गरेर पठाएको धेरै खेलहरू छन् , कुनै खेल नाम सुनेका कुनै नाम नसुनेका , नयाँ, नयाँ खेल सामाग्रीहरू आएका छन् , हिलो आज विद्यार्थी भाइ बहिनीहरूले खेलहरूको नियम, खेल खेल्ने तरीका सिकेका छन् खेलको माध्यम बाट धेरै ज्ञान लिएका छन् । 

डेनमार्कबाट पठाएका ज्ञामको फलो गर्दै , मुगुमा पार्ने स्थानीय सामाग्रीहरू बाट पनि खेल सामाग्रीहरू निमार्ण गरीरहेका छन् । हाम्रो विद्यालयमा अध्ययनरत बिद्यार्थिहरुले निमार्ण गरेका सामाग्री हरू डेनमार्क पठाउने तयारीमा रहेको खेल शिक्षक सूर्य कुमारी शाही बताउँछिन् ।

डेनमार्कमा रहेको डेनमार्क स्कुल लाइफ नामक संस्था र मुगुमा रहेको सिडीएस पार्क नामक संस्थाहरूको समन्वय सहकार्यमा डेनमार्कका विद्यार्थीले उत्पादन गरेका खेल सामाग्री खेलहरू मुगु पठाउने र मुगुका बिद्यार्थिहरुले बनाएका खेल र सामाग्रीहरू डेनमार्क अध्ययनरत बिद्यार्थिहरुलाई पठाउने काम गरिरहेका छन् ।

विद्यार्थीहरूले विश्व परिवेश वुझोस, रचनात्मक सोच बनाओस्, मानसिक, शारीरिक, तन्दुरुस्ती होस, नयाँ नयाँ कुराको उत्पादन गर्न, कुलतबाट बच्न सकोस् र विश्वका सबै मानवहरू विच भाइचाराको सम्बन्ध बनाउन खेल र शिक्षाका माध्यमबाट सफल होस भन्ने उद्देश्यले खेल नै संसार भन्ने नाराका साथ नेपाल कै दुर्गम जिल्ला मुगु र डेनमार्कका विद्यार्थी विच खेल आदान प्रदान भइरहेको सिडीएस पार्क मुगुका कायकारी निर्देशक अज बहादुर शाहीले जानकारी गराए ।

खेल मात्र होइन खेलका माध्यमबाट दुबै देशका विधायी विच मितेरी सम्बन्ध कायम भै भविष्यमा ती सम्बन्ध प्रगाढ भै सुख दुखका सारथि भएको देख्ने सपना सिडिएस पार्कले देखेको पनि निर्देशक शाहीले सुनाए।

अहिले समाज कल्याण परिषद्मा खेल नै संसार परियोजना स्वीकृतका लागि प्रक्रियामा रहेको र कर्णाली माध्यमिक विद्यालय टोप्लाका विद्यार्थीहरूको नतिजा पछि अन्य विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने योजना बनाएको पनि निर्देशक शाहीले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ